ढाकामा पुष्पाले जितिन् स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-०६
  • |
  • 367 पटक हेरिएको

नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा स्वर्ण जितेकी छन् । उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा समेत सुधार गरेकी छिन् । त्यस्तै  हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कांस्य पदक जितेका छन् ।

शुक्रबार बंगलादेशको ढाकामा सम्पन्न म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा २ घण्टा ४८ मिनेट २ सेकेण्डको टाइमिङसहित पुष्पाले स्वर्ण जितेकी हुन् । पुष्पाले १३ औं सागमा नेपालमै बनाएको टाइमिङमा २ मिनेट ९ सेकेण्डले सुधार गरेकी छिन् । १३औं दक्षिण एसियाली खेलकुदमा उनले उक्त दुरी २ घण्टा ५० मिनेट ११ सेकेण्डमा पुरा गरेकी थिइन् । 

पुष्पाले पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याराथनमा चोटग्रस्त भएपछि बीचैमा छाडेकी थिइन् । उनी विभागीय टोली एपीएफमा आवद्ध छिन् । 

सोही स्पर्धामा श्रीलंकाकी मधुमाला परेरा दोस्रो हुँदा नेपालकै विन्द्रा धानके श्रेष्ठ तेस्रो भएकी छन् । मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् । विन्द्राले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् ।

पुष्पाको बंगबन्धु शेख मुजिम ढाका म्याराथनमा याे दाेस्राे स्वर्ण हाे । उनले सन् २०२१ संस्करणमा स्वर्ण पदक जितेकी थिइन् भने त्यसको अर्को संस्करण अर्थात २०२२ मा  कास्य जितेकी थिइन् । 

उपाधिसँगै पुष्पाले ५ लाख टाका पुरस्कार पाएकी छिन् भने तेस्रो भएकी विन्द्राले ३ लाख टाका पुरस्कार पाएकी छिन् ।

यता पुरुषतर्फ हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कांस्य जितेका छन् ।

नेपालबाट म्याराथनमा ३ पुरुष र २ महिला तथा हाफ म्याराथनमा २ पुरुष र ३ महिला गरी १० खेलाडीले सहभागिता जनाएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey