चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट टेलिहेल्थ सेवा सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-०४
  • |
  • 324 पटक हेरिएको

भक्तपुरको चाँगुनारायण नगरपालिकाले हाम्रो पात्रो हेल्थमार्फत नगरपालिकाभित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कूले बालबालिका र महिलाहरूलाई घरबाटै डाक्टरसँग निःशुल्क परामर्श सेवा दिलाउन शुरू गरेको छ । 

बुधवार एक समारोहबीच चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरका डाक्टर शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिएर सेवाको शुभारम्भ गरे ।

 शुभारम्भ पश्चात् बोल्दै उनले भने, 'नगरपालिकाको उद्देश्यअनुसार नगरवासीहरूलाई स्वास्थ्यसेवा सहजरूपमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्‍याउँछ भन्ने विश्वास लिएको छु। भौगोलिक तथा यातायातको समस्या रहेको हाम्रोजस्तो नगरमा वृद्धवृद्धा, बालबालिका र शारीरिकरूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुनेछ।'

सो अवसरमा हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेतीले नेपालमा थप मानिसहरूलाई स्वास्थ्य सेवामा जोड्न पाउँदा खुशी लागेको बताए । 

No description available.

'नेपालका धेरै नगरपालिकाहरू हाम्रो पात्रो हेल्थमार्फत् आफ्नो सेवा आफ्ना नगरवासीलाई उपलब्ध गराउन उत्सुक देखिनु भएको छ। आगामी दिनमा धेरै नगरपालिकाहरूले नगर भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कूले बालबालिका , महिलाहरूलाई  नगरपालिकाभित्रका डाक्टरसँग  निःशुल्क परामर्श सेवा उपलब्ध गराउनुहुनेछ। नेपालमा थप मानिसहरूलाई स्वास्थ्य सेवामा जोड्न पाउँदा हामी खुसी छौं,' उप्रेतीले भने ।

स्वदेश अनि विदेशमा रहेका नेपालीहरूलाई विगत १२ वर्षदेखि निरन्तर जोड्दै आएको नेपालकै सर्वाधिक लोकप्रिय हाम्रो पात्रो एपको टेलिहेल्थ सेवा, ‘हाम्रो पात्रो हेल्थ’ले आफ्नो स्थापनाको १ वर्षभित्र ३००० भन्दा बढी व्यक्तिहरू र २४ विशेषज्ञताका २०० भन्दा बढी डाक्टरहरूलाई इन्टरनेट पहुँच पुगेका नेपाली गाउँ, शहर तथा प्रवासबाट जोड्न सफल भएको छ।  
 

यस सेवामार्फत डाक्टर खोज्न, डाक्टरसँग एपोइन्टमेन्ट लिन, डाक्टरसँग परामर्श लिन, प्रेस्क्रिप्सन लिन, डाक्टरसँग फलोअप गर्न र डाक्टरलाई रिभ्यु गर्न मिल्छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey