Nepali Patrao

इनास अपी स्र्पोट्स जुनियर ब्याडमिन्टन हुने

Kelmi

whoopyland
  • नेप्लेज
  • |
  • २०७९-०९-२५
  • |
  • 255 पटक हेरिएको

नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा यसै साता इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्ट च्याम्पियनसिप हुने भएको छ ।

योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यु– १५, यु– १३ र यु– ११ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा गराईने इनासका प्रोपाईटर राजु बास्तोलाले जानकारी गराए । लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराईज मार्फत प्रायोजन तथा खेलाडीहरुलाई सहयोग पुर्‍याउँदै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्धेश्यले अन्तराष्ट्रिय स्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्वमा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको जानकारी गराए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा एनआरइएसको सह–प्रायोजन रहेको च्याम्पियनसिप पौष २८ देखि ३० गते सम्म बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा आयोजना हुने छ । च्याम्पियनसिपमा करिव १५० खेलाडीहरुको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए ।

च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरुले मेडल, ट्रफी प्रमाणपत्रका साथ यु– १५ तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् । क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै यु– १३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गर्ने छन् । यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् ।

भर्खरै

Advertisement

NTA

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal