पाँच महिना पछि बेन स्टोकको कमब्याक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 172 पटक हेरिएको

केहि दिन अगाडी मात्र इन्डियन प्रिमियर लिगको अक्सनमा सबै भन्दा महंगा खेलाडी बनेका बेन स्टोक पाँच महिना पछि पुन राष्ट्रिय टिममा फर्किएका छन ।

न्युजिल्याण्ड विरुद्धको पाच एक दिवसिय श्रृखंलाका लागि घोषणा गरिएको इग्ल्याण्डको १५ खेलाडीको सुचिमा स्टोक पनि परेका छन ।

गत सेप्टेम्बरमा ब्रिस्टोलको एउटा नाइट क्लवमा हंगामा मच्चाएको भन्दै इग्ल्याण्ड क्रिकेट बोर्डका कारवाहिमा समेत परेका स्टोक यहि महिनाको २५ तारिखबाट न्युजिल्याण्ड विरुद्ध हुने एकदिवसिय खेलबाट पुन फर्किदैछन ।

त्यसअघि स्टोक १३ तारिखमा ब्रिस्टोलको कोर्टमा हाजिर हुनुपर्नेछ । सोहि नाइट क्लवको घटनाका कारण उनी अष्ट्रेलिया विरुद्धको एसेस श्रृखंला खेल्नबाट बञ्चित भएका थिए ।

केहि दिन अगाडी भएको आइपिएलको अक्सनमा स्टोकलाई राजस्थान रोयल्सले सबै भन्दा महंगा खेलाडीका रुपमा टिममा अनबुन्ध गरेको थियो । त्यसका लागि उसले एक दशमलव तीन आठ मिलियन पाउण्ड खर्च गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal