दावाँली क्लबबाट भलिबल खेल्न तीन भारतीय खेलाडी काठमाडौंमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०९-२१
  • |
  • 5642 पटक हेरिएको

सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपका लागि पुरुषतर्फ प्रतिस्पर्धा गर्ने दावाँली मिलन क्लबले तयारी सुरु गरेको छ ।

२४ गतेदेखि माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा हुने प्रतियोगितामा एउटा क्लबले ३ जना विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान पनि रहेको छ ।

सोही प्रावधान अनुसार भोजपुरको दावाँली मिलन क्लबले ३ जना भारतीय खेलाडीलाई समावेश गरेको छ । प्रतियोगितामा सहभागि हुन तीनै जना आज काठमाडौं आइपुगेका छन् ।

ती खेलाडीहरुलाई क्लबका अध्यक्ष रोशन श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

खेलाडीको स्वागतका लागि अध्यक्ष श्रेष्ठसहित क्लबका पदाधिकारीहरु पनि विमानस्थल पुगेका थिए ।

प्रतियोगिताका लागि भारतका अमित चोकेर, नरेन्द्र कुमार र तनिश चौधरी काठमाडौं आइपुगेका हुन् । 

यसैगरी क्लबले प्रतियोगित खेल्ने १२ जना खेलाडीको नाम पनि सार्वजनिक गरेको छ ।

रोहित शिवाकोटीको कप्तानीमा रहेको दावाँली मिलयन क्लबका अन्य खेलाडीमा भरत यादव, रविन गौतम, रोमन बस्नेत, पुकार तामाङ, भवानी बाराकोटी, गणेश कटुवाल, सन्तोष राई र डिक कुमार कटुवाल रहेका छन् । यसैगरी तीन जना विदेशी खेलाडीको कोटामा भारतका अमित चोकर, नरेन्द्र कुमार र तनिश चौधरी रहेका छन् ।

टिम प्रशिक्षकमा प्रवेश (राजु) श्रेष्ठ, सहायक प्रशिक्षकमा कृष्ण तामाङ र टिम म्यानेजरमा जयकुमार श्रेष्ठ रहेको कोषाध्यक्ष निरजबाबु श्रेष्ठले जानकारी दिए । 

No description available.

प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी नेपाल पुलिस, एपीएफ, न्यू डायमण्ड स्पोर्टस क्लव, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लव र एभरेष्ट भलिबल क्लव बुटवलको सहभागिता रहनेछ ।

यस्तै पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, नेपाल एपीएफसहित  हेल्प नेपाल स्पोर्टस क्लव, नयाँबजार सामाजिक युवा क्लव, दाँवाली मिलन क्लव, गल्कोट स्पोर्टस क्लब वागलुङ, मणिमुकुन्द भलिबल क्लव बुटवल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, वागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लव, गण्डकी प्रदेश, मधेश प्रदेशको सहभागिता रहेको छ । 

नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि आयोजना हुन लागेको पहिलो प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोली सातौं आरबीबी–एनभिए क्लव लिग खेल्न पाउनेछन् ।

आठ दिनसम्म सञ्चालन हुने च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् भने विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey