नेपाल टी २० लिग क्रिकेटबारे राखेपले पनि छानविन गर्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०९-२०
  • |
  • 594 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा राजधानीमा जारी नेपाल टी २० लिग क्रिकेटबारे राष्ट्रिय खेलकुद परिषद् राखेपले पनि छानविन गर्ने भएको छ । भारतीय कम्पनी सेभन थ्री स्पोर्टसबीच प्रतियोगिता सञ्चालन गर्ने विषयमा क्यानले सम्झौता गरेको थियो ।

सोही सम्झौता अनुसार प्रतियोगिता सञ्चालन भइरहेका बेला एकाएक भारतीय पक्ष बेखबर बनेपछि खेलाडीहरुले मंगलबार पारिश्रमिक नपाएको भन्दै विरोध गरेका थिए । फलस्वरुप ढिला गरी ९ ओभरको खेल भएको थियो । खेलाडीको पैसा फ्रेन्चाइज टिमले तिर्ने भएकाले टिमहरुले तिर्ने बताएपछि मंगलबारको खेल सुरु भएको थियो । बुधबार आज पनि निर्धारित समयमा खेल सुरु हुन सकेन ।

ढिला गरि सुरु भएको खेल १७ ओभरमा  घटाइएको थियो । मंगलबार नै ज्ञानेन्द्र मल्लले फिक्सिङको विषयमा बोले पछि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गरिरहेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यसैगरी नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले नेपाल टी २० लिगका विषयमा अनुसन्धान गर्नका लागि समिति नै गठन गरेको छ । 

‘विदेशी खेलाडीहरुको श्रम स्वीकृती एवं प्रतियोगिता संचालनको सम्बन्धमा परिषद्ले संघसंग आवश्यक प्रमाण कागजात माग गरिएको पत्राचारको वेवास्ता गरेको साथै पछिल्लो समय प्रतियोगिता संचालनका क्रममा संघबाट भएका कमजोरी एवं विसंगतीको वारेमा सार्वजनिक भएको बिषय प्रति राष्ट्रिय खेलकुद परिषद्को गम्भिर ध्यानाकर्षण भएको छ ।’ राखेपले आज निकालेको बिप्तिमा उल्लेख गरेको छ ।

यस्तै राखेपको कार्यकारी समितिको बुधवार बसेको बैठकको निर्णयले सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन पनि गरेको छ । कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal