पोट्रेरो कल्चरः १९औँ शताब्दीमा अर्जेन्टिनामा शुरु,म्यारोडोना देखि मेस्सी सम्मले खेल

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०९-१४
  • |
  • 474 पटक हेरिएको

अर्जेन्टिना ती देशहरू मध्ये एक हो जहाँ फुटबलको जोश चरम सीमामा रहेको छ । विश्व च्याम्पियन बनेसँगै राष्ट्रिय टोलीमा स्थान बनाउने सपना बोकेका युवामा उत्साह जगाएको छ । यो जोश ’पोट्रेरो’ बाट सुरु भयो। पोट्रेरो एक प्रणाली वा शैली हो जुन १९औं शताब्दीमा उत्पन्न भयो । फुटबलको यो शैली हरेक अर्जेन्टिनाका खेलाडीको रगतमा छ, चाहे त्यो अल्फ्रेडो डि स्टेफानो होस् वा म्याराडोना वा मेस्सी ।

ती सबै पोट्रेरोमा खेलेका छन् । पोट्रेरोका धेरै क्लबहरूले पनि मानिसहरूलाई आर्थिक रूपमा मद्दत गर्छन् । ला साब २१ क्लबबाट खेल्ने २६ वर्षीय फ्रान्को रोल्डन भन्छन्, ’सामाजिक सञ्जालमार्फत धेरैले हामीलाई पाटागोनिया वा कोर्डोबा प्रान्तबाट खेल्न आग्रह गर्छन्।’ २९ वर्षिय एलन माटिजेसेभिच र उनी जस्तै धेरै अन्य को लागि एल सिक्लोन क्लब धेरै महत्त्वपूर्ण रहेको छ । सन् १९८९ मा स्थापित भएको यो क्लव छ देखि ८० वर्ष सम्मका मानिसहरूलाई खेल्ने प्रस्ताव गर्दछ । एलनका ७ वर्षीय छोरा जिओ पनि सोहि क्लबबाट खेल्छन्।

टोलीहरूले पोट्रेरोमा ५अन ५ खेल खेल्छन् । यँहा दैनिक ४–५ खेल हुन्छन् । राति ११ बजे सुरु हुन्छन् र ४–५ बजेसम्म खेलहरु चल्दछन्। खेलाडीहरू एकअर्कालाई चिन्न थाल्छन्। कुनै क्लबमा खेलाडीको संख्या कम हुँदा अर्को क्लबका खेलाडी त्यहाँबाट खेल्न जान्छन् । खेलकुदमा दर्शकको कहिल्यै कमी हुँदैन । कहिलेकाहीँ साना केटाकेटी पनि हाफ टाइममा खेलिरहेको देखिन्छ। पोट्रेरोमा पहिलो पटक महिला टोलीले पनि प्रतिस्पर्धा गर्न थाले। यहाँको पारिवारिक वातावरणले हामीलाई खेल्न उत्प्रेरित गरेको एलन बताउँछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey