लुम्बिनीको दोस्रो जित,विराटनगर २ रनले पराजित 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०९-१०
  • |
  • 741 पटक हेरिएको

लुम्बिनी अलस्टार्सले काठमाडौंमा जारी नेपाल टी २० लिग क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २ रनले स्तब्ध पार्यो ।  लुम्बिनीले पहिलो खेलमा शनिबार फार वेस्टर्न युनाइटेडलाई ६७ रनले पराजित गरेको थियो ।

१५८रनको लक्ष्य पन्छाएको विराटनगरले निर्धारित २० ओभरमा ६  विकेटको क्षतीमा १५५ रन मात्रै बनाउन सक्यो ।  जसमा हुसेन तलतले सर्वाधिक ३९, रोहित पौडेलले २५ रन बनाएपनि हार टार्न सकेनन् । 
लुम्बिनीका किशोर महतोले २ विकेट हात पारे ।    
 
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६  विकेटको क्षतीमा  १५७ रन बनायो ।

जसमा लाहिरु मिलान्थाले सर्वाधिक ८० रन बनाए ।  यस्तै कुशल भुर्तेल २६,दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे ।  

विराटनगरका हुसेन तलत,शाहब आलम,सिकन्दर राजा,नन्दन यादव र आन्द्रे मक्कार्थीले एक एक विकेट लिए। 

लुम्बिनी दोस्रो जितको खोजीमा रहेको छ । विराटनगर प्रतियोगितामा सुखद शुरुआत गर्न चाहन्छ ।  

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । 

यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।

प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । यसैगरी इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् । 

नेपाल टी २० लिगको यो पहिलो संस्करणमा ६ टिमले सहभागिता जनाएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सञ्चालनमा प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey