स्पेनलाई पेनाल्टीमा हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-२१
  • |
  • 688 पटक हेरिएको

पूर्व विश्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै मोरक्कोले कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । 

मोरक्कोले आफ्नो इतिहासमा पहिलोपल्ट विश्कपको सबैभन्दा माथिल्लो चरणमा पुगेको हो । निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी शुट आउटबाट विजेता निर्धारण गरिएको हो । 

दोहाको एजुकेसन सिटी रंगशालामा ४४ हजार फुटबल समर्थकमाझ स्पेनका कसैले पनि पेनाल्टीमा गोल गर्न सकेनन् ।

पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गरे । बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए । 

स्पेनका लागि पहिलो पेनाल्टी प्रहार गरेका पाब्लो सारावियाको प्रहार पोलमा लागेर बाहिरियो । कार्लोस सोलर र कप्तान सर्जियो बुस्केटको फितलो पेनाल्टी मोरक्कोका गोलरक्षक बोनोले बचाए । 

मोरक्कोले क्वाटरफाइनल चरणमा आजै राति हुने पोर्चुगल र स्वीट्जरल्याण्डबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey