टोप्स बास्केटबल शुक्रबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-२०
  • |
  • 1037 पटक हेरिएको

टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा टोप्स अन्तरविद्यालय बास्केबटल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १७ छात्र टिमको सहभागिता रहने टोप्सका अध्यक्ष आरसी भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रतियोगिता संयोजक समेत रहेका टोप्सका सचिव भरतमणि पोखरेलले जानकारी गराए ।

समूह ‘ए’ लर्निङ जोन, ह्वाइट हेभेन, लालीगुराँस र लिटिल ब्लोसम तथा समूह ‘बी’ महर्षी, इडिफाइ, इमेज र गण्डकी रहेका छन् । तेजस्वि, सुप्रिम, बेल्मोन्ट र निम्बल समूह ‘सी’ तथा ल्यान्डमार्क, शुभकामना, नवोदित, स्वेता सदन र संस्कृति समूह ‘डि’ मा छन् । तीनदिने प्रतियोगिताका खेलहरु मैपीस्थित गण्डकी पब्लिक बोर्डिङ स्कुलको कोर्टमा खेलाइने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey