प्रिक्वाटरफाइनलमा पोर्चुगलको खेल आज

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-०८-२०
  • |
  • 520 पटक हेरिएको

कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज दुई खेल सम्पन्न भएसँगै अन्तिम ८ मा स्थान पक्का गर्ने सवै टिमको टुंगो लाग्दैछ । 

नेपाली समय अनुसार राति पौने ९ बजे सुरुहुने खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुने छ ।

यस्तै राति पौने १ बजे पोर्चुगल र स्वीट्जरल्याण्ड आमने सामने हुने छन् ।

आजका दुवै टिमका बिजेताले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । 

अहिलेसम्म क्रोएसिया, ब्राजिल, नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरिसकेका छन् ।

पहिलो क्वाटरफाइनलमा ९ डिसेम्बरका दिन क्रोएशिया र ब्राजिल तथा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने सामने हु ने छन् । 
 


#फुटबल #विश्वकप फुटबल #कतार विश्वकप

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey