स्कटल्याण्डलाई नेपालले दियो जम्मा १३८ रनको लक्ष्य 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-१८
  • |
  • 519 पटक हेरिएको

आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डलाई जम्मा १३८ रनको लक्ष्य दिएको छ ।

नामेवियासमेत सहभागी त्रिकोणात्मक एक दिवसीय सिरिजमा पहिलो खेलमा अंक बाँडेको नेपालले आज स्कटल्याण्डसँग पनि राम्रो भने खेल्न सकेन । पहिला ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सवै विकेट गुमाएर जम्मा १३७ रनमात्रै जोड्न सक्यो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन उत्कृष्ट रहेन । नेपालको सुरुआत नै राम्रो रहेन । पहिलो विकेटको रुपमा आशिफ शेख ७ रनमा आउट भए । ओपनिङ आएका अर्जुन साउदले ज्ञानेन्द्र मल्लसँग मिलेर नेपालको पारि अघि बढाउने प्रयास गरेका थिए ।

तर टिमको स्कोर ४४ रन हुँदा नेपालले दोस्रो विकेट गुमाएको थियो । ४४ बल खेलेको साउद १८ रन बनाएर रनआउटको शिकार भए । 

तेस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल १६.५ ओभरमा आउट भएका थिए । उनी २५ रन बनाएर आउट भएका हुन् । त्यसपछि आरिफ शेख पनि धेरै बेर टिकेनन् । उनी व्यक्तिगत १० रन बनाएर पभेलियन फर्किएका थिए । लगत्तै कुशल भुर्तेल आउट भएपछि नेपालले ८० रन बनाउँदा पाचौं विकेट गुमेको थियो ।

छैटौं विकेटको रुपमा कप्तान रोहितकुमार पौडेल १७ रन बनाएर आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीको व्याटबाट भने ९ रन बनेको थियो ।

नेपालले २८.५ ओभरमा सातौं विकेट गुमाउँदा दीपेन्द्र पभेलियन फर्किएका थिए । क्रिजमा रहेका गुल्सन झाले सम्हाल्न खोजे पनि लगातार विकेट पतन हुन पुग्यो । करण केसी ८ रन बनाएर रन आउट हुँदा नवौं विकेटको रुपमा गुल्सन पभेलियन फर्किएका थिए ।

उनले २९ रनको योगादन गरे । स्कोरकार्डमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी नै गुल्सन बने । उनले २९ बलमा १ छक्का र ३ चौका प्रहार गरेका थिए ।

४०.१ ओभरमा नेपालले अन्तिम विकेट गुमाएको थियो । अन्तिम विकेटको रुपमा ललित राजवंशी पभेलियन फर्किदा उनले ३ रन जोडे । सागर ढकाल ४ रनमा नटआउट रहे । स्कटल्याण्डका लागि क्रिस सोलले सर्वाधिक ३ विकेट लिँदा मार्क वाटले २ विकेट हात पारे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal