प्रकाश स्मृति राष्ट्रिय बक्सिङको तयारी पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-०७
  • |
  • 283 पटक हेरिएको

नेप्लेज, ७ असार । अखिल नेपाल खेलकुद संघको आयोजनामा आगामी असार १३ देखि १७ गतेसम्म आयोजना हुने प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।

बिहीवार गरिएको पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङ खेलको बिकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रतियोगितामा पुरुषतर्फ ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१ र ९१ माथि ९ तौल समूह तथा महिलातर्फ ४८, ५१, ५४, ५७, ६०, ६४, ६९ र ७५ माथि गरी ८ तौल समूह समावेश गरिएको छ ।

प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने खेलाडीको खाने बस्ने तथा यातायात खर्च आयोजकले व्यहोर्ने आयोजक अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक पवन अग्रवालले प्रत्येक तौल समूहका बिजेता,उपबिजेता र तेश्रो स्थान हासिल गर्ने खेलाडीलाई नगद पुरस्करको व्यवस्था रहेकोसमेत जानकारी दिए ।

प्रतियोगितामा बिभागीय टोलीहरु आर्मी, पुलिस र एपीएफ लगायत देशभरबाट १५० भन्दा बढी खेलाडीको सहभागिता रहने अयाोजकले जानकारी दिएको छ । प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा सञ्चालन गरिनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey