नेपाली क्रिकेट टोली दिल्लीसंग पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-०८
  • |
  • 564 पटक हेरिएको

भारतमा अभ्यास खेल खेलिरहेको  नेपाली क्रिकेट टोली पहिलो एकदिवसीय खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनसँग पराजित भएको छ ।

 नेपालले दिएको ३०४ रनको विजय लक्ष्य दिल्लीले ४९.३ ओभरमा ८ विकेटको क्षतीमा पुरा गर्यो ।

जसमा साहिल मल्होत्राले ५२,वैभम शर्माले ४४,यश वर्धान ओबेरियोले ४२ र सक्षम शर्माले ३३ रनको योगदान गरे ।  

नेपालका लागि कुशल भुर्तेलले ३ , नन्दन यादबले २ विकेट हात पारे ।  

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपापले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा ३०३ रन बनायो  ।

जसमा कप्तान रोहित पौडेल  १ सय १३ र दीपेन्द्रसिंह ऐरीले १ सय ९ रन बनाए ।

दिल्ली लागि प्रिन्स यादवले ४, अर्जुन रपरिया र आयुश सिंहले २/२ विकेट हात पारे ।  

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey