पोर्चुगलको ध्यान रोनाल्डो र युनाइटेडको सम्बन्धविभ्छेदका बीचपनि दृढ

Kelmi
CG
  • एजेन्सी
  • |
  • २०७९-०८-०८
  • |
  • 175 पटक हेरिएको

‘क्रिस्टियानो रोनाल्डो र पोर्चुगल टोलीका साथीहरू खेलाडीको आफ्ना वरिपरिका घटनाहरूका कारणले विश्वकपको लक्ष्यमा  विचलित छैनन् ।’ यो पोर्चुगल कोच फर्नान्डो सान्तोस र मिडफिल्डर ब्रुनो फर्नान्डिसले घाना विरुद्धको कतार २०२२ को खेलको पूर्वसन्ध्यामा दिएका भनाई हो । 
रोनाल्डोले मंगलबार रातीमात्र म्यानचेस्टर युनाइटेड छाड्ने पुष्टि भएको थियो । पोर्चुगल क्याम्प वरिपरि समाचार एजेन्डा हावी भएको थियो । फर्नान्डिस जो रोनाल्डोसँगै ओल्ड ट्राफोर्डबाट व्यवसाहिक फुटबल खेल्ने गर्छन । प्रशिक्षक सान्तोसले आफ्नो नजर विश्वकपमा रहेका छ र अन्त नभएको बताएका छन् । 

दोहामा पोर्चुगलको खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै फर्नान्डिसले भने, “मैले क्रिस्टियानो रोनाल्डोसँग कुनै पनि कुरा गरेको छैन। यो उसको व्यक्तिगत मामिला हो, जसलाई उनले आफै फेस गरिरहेका छन्। हाम्रो ध्यान शतप्रतिशत राष्ट्रिय टोलीमा छ।“

रोनाल्डोसँगको आफ्नै सम्बन्धमा परेको प्रभावको बारेमा, युनाइटेडका यी खेलाडीले भनेः “म क्रिस्टियानोसँग के भइरहेको छ त्यसमा असहज महसुस गर्दिन। उनीसँग राष्ट्रिय टोली र क्लब स्तरमा खेल्न पाउनु सौभाग्यको कुरा थियो। क्रिस्टियानो मेरो लागि रोल मोडेल हुन्।

“विश्वकप क्रिस्टियानो रोनाल्डोको लागि धेरै महत्त्वपूर्ण छ,“ फर्नान्डिसले थपे। “म पक्का छु कि उनी यस प्रतियोगितामा केन्द्रित छन्। हामी प्रायः वरिपरि धेरै आवाज सिर्जना गर्छौं तर म पक्का छु कि क्रिस्टियानोको  ध्यान अहिले विश्वकप केन्द्रित रहेको छ । “

पोर्चुगलका प्रशिक्षक सान्तोसले यस्तै सन्देश दिएका छन्, “म क्रिस्टियानोसँग के भइरहेको छ त्यसमा चिन्तित छैन। यो प्रशिक्षणमा वा हामी सँगै हुँदा छलफल गरिएको छैन। कुनै कुराकानी भएको छैन। उनीबाट पनि छैन् । मलाई उनीहरु कोठामा के कुरा गर्छन थाहा छैन । “

सान्तोसले २०१८को रूस विश्वकपकोे उदाहरण उद्धृत गरे जब पोर्चुगलका धेरै खेलाडीहरूले आफ्नो क्लब भविष्यमा अनिश्चितताको सामना गरे। “योे धेरै खेलाडीहरूको लागि सम्झौताको सन्दर्भमा धेरै चुनौतीपूर्ण थियो। तीमध्ये छ–सात जना बिना क्लब रसिया आएका थिए। “

रोनाल्डोका लागि यो उनको पाँचौं विश्वकप हुनेछ र ३७ वर्षीय खेलाडीले अन्य कुनै पनि पोर्चुगिज खेलाडीको तुलनामा प्रतियोगितामा १७ खेल खेलेका छन् । रोनाल्डोले विश्वकपमा सात गोल गरेका छन्  पोर्चुगलका युसेबियोको ९ गोल रेकर्डसँग बराबरी गर्न दुई गोल आवश्यक रहेको छ । 
ओल्ड ट्राफोर्डमा रोनाल्डोको दोस्रो स्पेल समाप्त भएको खबर पोर्चुगलले घाना विरुद्धको समूह एच अभियान सुरु गर्नुभन्दा ४८ घण्टाभन्दा कम समयमै बाहिरियो। “म्यानचेस्टर युनाइटेडसँगको वार्तालाप पछि हामीले हाम्रो सम्झौता चाँडै अन्त्य गर्न आपसी सहमति जनाएका छौं,“ खेलाडीले ट्विटरमा एक पोस्टमा भनेका थिए ।

युनाइटेड वेबसाइटमा एक सन्देशमा, क्लबले भन्योः “क्रिस्टियानो रोनाल्डोले आपसी सहमतिमा म्यानचेस्टर युनाइटेड छोड्ने छन । ओल्ड ट्राफोर्डमा दुई स्पेलमा ३४६ खेलमा १४५ गोल गरेकोमा उनको ठूलो योगदानको लागि क्लबले उहाँलाई धन्यवाद दिएको थियो  र उनी र उनको परिवारलाई भविष्यको लागि शुभकामना दिएको थियो । 
आफ्नो पत्रकार सम्मेलनमा, सान्तोसले यो विश्वकप जित्ने पोर्चुगलको महत्वाकांक्षालाई रेखांकित गर्दै घानाको लागि आफ्नो सम्मान पनि उजागर गरे।

“घाना एक सुपर संगठित टोली हो, बल खेस्न र आक्रमणमा छिटो रहेको छ,“ उनले भने। ‘घानाको टोलीमा उत्कृष्ट खेलाडी छन् र उनीहरूलाई हाम्रो सम्मान छ। पक्कै पनि हामीसँग विश्वकप जित्ने महत्वाकांक्षा छ। हामीसँग यसको लागि लड्ने सपना, भिजन र क्षमता छ।“

भर्खरै

Advertisement

Nepal Telecom Authority