ललितपुर मेयर कप ब्याडमिन्टन भोलीबाट

Kelmi
  • नेप्लेज
  • |
  • २०७९-०८-०६
  • |
  • 503 पटक हेरिएको

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा प्रथम ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता –२०७९ मंसिर ७ गते भोलीबाट सुरु हुने भएको छ ।

प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा भेट्रान्स ४५ बर्ष माथिको (खुल्ला) गरि ६ विधामा प्रतिस्पर्धा हुनेछ । बिश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार संचालन हुने प्रतियोगितामा पुरुष खुल्ला तर्फ ५० खेलाडीले सहभागिता जनाउने छन् । यस्तै महिला एकल तर्फ १७, पुरुष युगल तर्फ ५१ जोडी, छात्र यु १७ तर्फ ५३, छात्रा यु १७ तर्फ १२, भेट्रान ४५ बर्ष माथि तर्फ २३ जोडीले सहभागिता जनाउने आयोजकले जनाएका छन् । प्रतियोगितामा २३४ खेलाडीहरुको सहभागिता रहनेछ ।

करिव २१ लाख ५० हजारको अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकलका विजयी खेलाडीहरुले नगद ४० हजारका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजयी खेलाडीहरुले २० हजार नगदका साथै प्रमाणपत्र, मेडल र ट्रफी तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १० हजारका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

पुरुष युगल तर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् ।

यस्तै यु–१७ छात्र तथा छात्रा र भेट्रान्स ४५ बर्ष माथिको युगल तर्फका शीर्ष तीन स्थानका विजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र ट्रफीका साथै नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरेको प्रतियोगिता ललितपुर बालकुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबको कभर्डहलमा हुनेछ भने खेलाडीहरुको चापलाई मध्यनजर राख्दै पहिलो चरणको केही प्रतियोगिता हरिसिद्धिस्थित हरिसिद्धि ब्याडमिन्टन क्लबको कभर्डहलमा पनि हुने सचिव रदीप महर्जनले बताउ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको विहानको खाजा तथा खानाको ब्यवस्था आयोजक आफैले गर्ने समेत सचिव महर्जनले जानकारी गराएका छन् ।

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal