मुवाँथाई टोली थाइल्यान्ड जाने

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०७-२८
  • |
  • 148 पटक हेरिएको

सत्रौं विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडी मंगलबार थाइल्यान्डको पटाया जाने भएका  छन् ।

नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल र महिला ४८ केजीमा डेनिका राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

Nepal Telecom Authority