सन्जिव र दिपेशलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०७-२५
  • |
  • 634 पटक हेरिएको

शिवपुरी, नुवाकोटका सन्जिव तामाङ र ज्ञान ज्योतिका दिपेश गुरुङले दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको पुरुष ३५ केजीमा सन्जिवले श्री कालिका आयुश सुनार तथा ४० केजीमा दिपेशले शिवपुरीका निमा तामाङलाई फाइनलमा पराजित गरे ।

पुरुष २० केजीमा श्री कालिकाका क्षितिज तामाङले श्री कालिकाकै प्रहलाद सुनवार तथा २५ केजीमा शिवपुरीका डानिल तामाङले श्री कालिकाका सचिन लामालाई फाइनलमा हराउदै पहिलो भए ।

जुनियर एकल काताको पुरुषमा मित्र पार्कका सक्षम लामाले स्वर्ण र इन्द्रावतीका देवेन्द्र मगरले रजत तथा महिलामा जिनियस वल्र्ड स्कुलकी जेनी चित्रकारले स्वर्ण र इन्द्रावतीकी सलिना लामाले रजत जिते । सिनियर एकल काताको पुरुषमा चिल्ड्रेन मोडेलका पुजन तामाङ पहिलो र चाँदबागका प्रविज्ञ कोइराला दोश्रो तथा महिलामा नेसनल युनाइटेडकी अपेक्षा मगर पहिलो र चाँदबागकी अन्सु गुरुङ दोश्रो भए ।

प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका वडा ३ का अध्यक्ष प्रेम थापाले गरे । कुमुते र कातामा गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । शनिबार सम्पन्न हुने प्रतियोगितामा २ सय खेलाडी सहभागी छन् ।

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal