गोजुकाइ कराते भोलिदेखि

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०७-२४
  • |
  • 123 पटक हेरिएको

द चाँदबाग स्कुलको आयोजनामा दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको  छ ।

प्रतियोगितामा कुमुते र कातामा गरी जम्मा २१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । कुमुतेको पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धा समावेश छन् । पुरुष/महिलातर्फ एकल र टिममा ४ स्वर्णका लागि खेल हुने आयोजकले जनाएको छ ।

दुईदिने प्रतियोगिताका खेलहरु बाँसवारीस्थित आयोजककै हातामा खेलाइने छ ।

प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका वडा ३ का अध्यक्ष प्रेम थापाले गर्ने कार्यक्रम छ ।

भर्खरै

Advertisement

Nepal Telecom Authority