बिच भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०७-२४
  • |
  • 762 पटक हेरिएको

नेपाल भलिबल संघ (एनभिए) ले बंगलादेशमा आयोजना हुने बिच भलिबलको खुला छनोट पूरा गरेका छ । एनभिएले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय परिसरमा रहेको कोर्टमा खुला छनोट गरेको हो ।

छनोटमा  विजेता र उपविजेता भएका महिला तथा पुरुष दुवै टोलीलाई बन्द प्रशिक्षणमा राख्ने एनभिएले जनाएको छ । प्रतियोगिताका लागि ढाका प्रस्थान गर्नु अघि मात्रै एक–एक टोलीको टुंगो लाग्नेछ ।

छनोटमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी पहिलो भएको थियो । एपिएफ क्लबका राजकुमार निरौला र लक्ष्मण राना दोस्रो भएका थिए ।

महिलातर्फ नेपाल पुलिस क्लबका कोपिला उप्रेती र कमला पुनको जोडी पहिलो भएका थिए भने एपिएफ क्लबका निरुता थगुन्ना र रेश्मा भण्डारीको जोडि दोस्रो भए ।

बिच भलिबल डिसेम्बर २६ देखि ३१ सम्म ढाकामा हुँदैछ । बिच भलिबलमा  सहभागी हुन अफगानिस्तान, अस्टे«लिया, भुटान, चिन, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, मलेसिया, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, ताजकिस्तान, थाइल्यान्ड, तुर्कमिनिस्तान, युएई र उज्वेकिस्तानलाई निमन्त्रणा गरिएको छ । प्रतियोगितामा सहभागी जनाउने सबै टोलीको टुंगो भने लागिसकेको छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey