ओसीए सेमिनारमा सहभागी टोलीलाई बक्सिङ संघद्वारा स्वागत

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०७-२३
  • |
  • 135 पटक हेरिएको

उज्वेकिस्तानको तास्कन सहरमा आयोजित ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) (नोभेम्बर ३–७, २०२२ सम्म ) द्वारा रिफ्री र प्रशिक्षक सेमिनार ओसीए स्टेज–२ खेलकुद विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका अन्तरास्ट्रिय वान स्टार रेफ्रि रामचन्द्र थापामगर, धनकुमार मैनाली प्रशिक्षक आईवा थ्री स्टार कोच दिपक महर्जन, राष्ट्रिय प्रक्षिक्षक कृष्ना सुनार सहितको नेपाली बक्सिङ प्राविधिक टोलीलाई नेपाल बक्सिङ संघले स्वदेशी भुममा स्वागत गरेको छ ।

ओलम्पिक परिषद अफ यशियाद्वारा आयोजित उक्त सेमिनार सफलतापूर्वक सम्पन्न गरि फर्केका क्ष्द्यब् थ्री स्टार प्रशिक्षक दीपक महर्जन, राष्ट्रिय प्रशिक्षक कृष्ण सुनार र आइबा वान स्टार रिफ्री रामचन्द्र थापा मगर र धनकुमार मैनालीलाई नेपाल बक्सिङ संघका प्रवक्ता श्याम काजि अवले, केन्द्रीय सदस्य मान बहादुर भण्डारी आईबा वान स्टार रेफ्रि ताराराम श्रेष्ठ, राष्ट्रिय रेफ्रि-जज सुवर्ण सापकोटा लगाएतका टोलिले स्वातग गर्दै बधाई ज्ञापन गरेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले उक्त महत्त्वपूर्ण अवसर र सम्पूर्ण व्यवस्था प्रदान गरेकोमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

भर्खरै

Advertisement

Nepal Telecom Authority