खुला छनोटबाट यु–२३ पुरुष भलिबल टिम बनाइने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०७-१५
  • |
  • 557 पटक हेरिएको

नेपाल भलिबल संघले यु २३ पुरुष टिम बनाउनका लागि खुल्ला छनोट प्रतियोगिता गर्ने भएको छ । डिसेम्बर २०–२७ ढाकामा आयोजना हुन लागेको काभा यू २३ पुरुष भलिबल प्रतियोगिताका लागि राष्ट्रिय टिम बनाउन खुल्ला छनोट गर्न लागेको हो ।

नेपाल भलिबल संघको आज बसेको बैठकले यही कार्तिक २१ गतेदेखि २३ गतेसम्म खेलाडी छनोट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । भलिबल संघका महासचिव रोशन श्रेष्ठका अनुसार खेलाडीहरु छनोटका लागि सात वटै प्रदेश कार्यसमितिलाई पत्राचार गरिएको र त्यहाँबाट खेलाडीहरुको सूची आएपछि त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा छनोट गरिने छ ।

छनोटपछि तत्कालै बन्द प्रशिक्षणमा राख्ने पनि महासचिव श्रेष्ठले बताए । यु २३ पुरुष भलिबल टिम पहिलो पटक बनाउन लागिएको हो भने बंगलादेशमा आयोजना हुन लागेको प्रतियोगिता पनि पहिलो हो । साथै यही छनोटबाट बीच भलिबल खेलाडी पनि छनोट गर्ने तयारी गरिएको छ ।
विच भलिबलका लागि सिनियर महिला र पुरुष खेलाडीहरुले पनि छनोटमा भाग लिन पाउने छन्  ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey