२०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०७-०३
  • |
  • 164 पटक हेरिएको

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स २०० मिटर दौडमा ससस्त्र प्रहरी बल एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवराजले निर्धारित दुरी २१.९१ सेकेन्डमापूरा गर्दै स्वर्ण जितेका हुन् ।

एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै रजत पदक जिते ।

त्रीभुवन आर्मी क्लबका युवराज बिकले २२.५० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते । महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् ।

एपीएफकी रमिता कुमारी थारुले २५.९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितिन् ।

भर्खरै

Advertisement

Nepal Telecom Authority