Nepali Patrao

दशौं राष्ट्रिय कर्णालीमा पक्का, ११ औं लागि विडिङ गराउनुपर्ने 

Kelmi

whoopyland
  • नेप्लेज
  • |
  • २०७९-०७-०३
  • |
  • 412 पटक हेरिएको

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ ।

२०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण २०८१ सालको मंसिर वा त्यसपछिको वैशाखमा आयोजना गर्ने निर्णय गरेको छ ।

कर्णालीमा दशौं अयोजना गर्ने कुरा तत्कालिन ५ नम्बर प्रदेश (हाल लुम्बिनीको नेपालगञ्ज)मा भएको आठौं राष्ट्रिय खेलकुदको समापनका समयमै जानकारी गराइएको थियो ।

त्यतिबेला गण्डकीलाई नवौंको झण्डा हस्तान्तरण गर्दा दशौं प्रतियोगिता कर्णालीमा आयोजना गर्ने भद्र सहमति भएको थियो ।

सोही सहमतिलाई बुधबार राति पोखरामै बसेको राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठकले अनुमोदन गरेको छ ।

बैठकमा दशौं आयोजनाका लागि कर्णालीबाहेक अरु प्रदेशले पनि दावी गरेका थिए ।

तर आठौंमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै कर्णालीले जोडदार आवाज उठाएपछि वैठकमा सहभागि सहमत भएका थिए ।

दशौं आयोजनाका लागि कर्णाली प्रदेशले अहिलेदेखि नै तयारी सुरु गरिसकेको छ । त्यसका लागि सुर्खेतमा रहेको रंगशाला निर्माणको काम धमाधम भइरहेको छ ।

उक्त रंगशाला २०८१ वैशाखमा सम्पन्न गर्ने गरि अघि बढाइएको हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा खेल पूर्वाधारहरु केन्द्र सरकारले बनाउने भन्दै प्रदेशहरु राष्ट्रिय खेलकुदका लागि तछाड मछाड गर्दै आएका छन् ।

साथै बुधबार रातिको बोर्ड बैठकमा राष्ट्रिय खेलकुद प्रतियोगिताको दावेदारिताका लागि सम्बन्धी प्रदेशहरुले ‘विडिङ’ गर्नु पर्ने आवाज पनि उठेको थियो ।

गण्डकी प्रदेशमा भएको खेलकुद प्रतियोगिताको यहाँको प्रदेश सरकारले खासै अपनत्व नलिएकाले अब सबैलाई खेलकुद प्रति जागरुक बनाउनका लागि पनि विडिङ सिस्टममा जानुपर्ने आवाज उठेको बोर्ड बैठकका एक सदस्यले नेप्लेजलाई जानकारी दिए ।

त्यसले गर्दा पनि ११ औं भेन्यु नतोकिएको बताइएको छ । 

भर्खरै

Advertisement

NTA

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal