पुरुष भलिबलकाे स्वर्णका लागि एपीएफ र आर्मी भिड्ने

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०७-०२
  • |
  • 176 पटक हेरिएको

पोखरा– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा पुगेका  छन् । पोखरा रंगशालामा भलिबल कोर्टमा बुधबार साविक विजेता पुलिसलाई हराउँदै्र विभागीय डर्बीमा आर्मीले बाजी मार्‍यो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो ।

सेमिफाइनलमा आर्मीले ३–१ को सेटमा पुलिसलाई पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट भने २१–२५ ले पुलिसलाई सुम्पियो । तेस्रो र चौंथो सेट क्रमशः २५–२३ र २५–१९ ले जित हात पार्दै आर्मीले उपाधि दाबेदारको यात्रा तय गर्‍यो ।

घरेलु मैदानमा खचाखच दर्शकको साथ पाउँदापाउँदै गण्डकी फाइनलबाट बञ्चित हुन पुग्यो । विभागीय टिम एपीएफसँग गण्डकीले तीनवटै सेट गुमायो । एपीएफले २५–२१ ले पहिलो सेट ल्याउँदा दोस्रो सेटको जित भने कठिनपूर्ण बन्यो । प्रतिस्पर्धात्मक दोस्रो सेट २७–२५ ले गण्डकीलाई पराजित गर्‍यो । तेस्रो सेटमा गण्डकीको खेल खस्किँदा एपीएफले २५–१२ मै समेट्यो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन बिहीबार पुरुष भलिबलको फाइनलमा विभागीय डर्बीमा प्रतिस्पर्धा हुने    छ ।

भर्खरै

Advertisement

Nepal Telecom Authority