एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०७-०२
  • |
  • 410 पटक हेरिएको

एथ्लेटिक्सको ४ गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् । महिला रिलेमा आर्मीकी रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा सम्मलित टोलीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो । 

मनिषा अधिकारी, अनिशा भण्डारी, सविना खातुन मियाँ र निशा घर्ती सम्मिलित गण्डकी प्रदेशले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत जितेका छन् । रजिना दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजला अमात्य सम्मलित बागमती प्रदेशले ५२.७६ सेकेन्डसहित कास्य जितेका छन् । 

सोही स्पर्धाको पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामी सम्मिलित एपीएफ टोलीले ४२.४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो । जीवन चौधरी, विवेक थारु, युवराज विक, डिल्ली महतो सम्मिलित आर्मीले ४२.६० सेकेन्डसहित रजत जित्यो भने सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मिलित लुम्बिनी प्रदेशले ४४.३८ सेकेन्डको समय निकाल्दै कास्य जितेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey