क्यानले मोडीफाइ गर्‍यो खेलाडी चढ्ने गाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-१७
  • |
  • 3567 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरुले प्रयोग गर्ने बस मोडिफाइ गरेको छ । सन् २०११ मा भारतले दिएको बा २ क ३९५ नम्बरको बस झण्डै ११ वर्ष पछि पहिलो पटक अत्याधुनिक सुविधासम्पन्न बनाइएको हो ।

३२ जना खेलाडीलाई राखेर लङ टुर गर्न सकिने बसको बडिदेखि सिटहरु परिमार्जन गरिएको हो । बसको साउण्ड सिस्टम, टेलिभिजनदेखि जिपीएससम्म जडान गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

सबै खेलाडीहरुका  किटहरु राख्न मिल्ने, लकर सिस्टम पनि बनाइएको क्यानले जनाएको छ । बसको सिट अत्याधुनिक नै रहेको बुझिएको छ । क्यानले बस मोडिफाइ गर्नका लागि झण्डै १६ लाख रुपैयाँ खर्च गरेको छ ।

राष्ट्रिय टिमका क्लोज क्याम्पहरु काठमाडौं उपत्यकाबाहिर हुँदा सहजै प्रयोग गर्न सकिने र खेलाडीहरुले अत्याधुनिक सुविधा पाउने क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए ।

अहिले पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौंमा हुँदा नेपाली खेलाडीहरुले त्यही बस प्रयोग गर्दै आएका छन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey