भलिबलको उपाधि योङ्ग स्टारलाई

-
नेप्लेज
- |
- २०७९-०६-१५
- |
- 520 पटक हेरिएको
मेलम्ची नगरपालिका–७ दुवाचौरमा आयोजित जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक योङ्ग स्टार युवा क्लबले जितेको छ ।
आज सम्पन्न फाइनलमा सृजनशील युवा क्लब मेलम्ची–७ छापलाई ३–० को सोझो सेटमा हराउँदै योङ्ग स्टारले उपाधि जितेको हो । योङ्गस्टारले २७–२५, २५–२३ र २५–२३ अङ्कले खेल जितेको हो ।
त्यस्तै प्रतियोगितामा जुगल गाउँपालिका तेस्रो भयो भने हेलम्बुले सान्त्वनामा चित्त बुझायो । बिहीबारदेखि भएको खेलमा आठ टोली सहभागी भएका आयोजक क्लबका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । उपाधिसँगै योङ्ग स्टारले रु ७० हजार तथा दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः रु ४० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरे ।