“बडा दशैं महाभिडन्त”मा किङ रोबर्ट पहिलो

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-१५
  • |
  • 405 पटक हेरिएको

किङ रोबर्ट “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेटमा शनिबार च्याम्पियन बनेका छन् । उनले नुवाकोटे टाइगरलाई पराजित गरे । रोबर्टले १ लाख ५० हजार नगद पुरस्कार पाए ।

नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा भएको प्रतियोगिताको महिलामा तनुले आकृतिलाई हराउदै ६५ हजार नगद पुरस्कार जितिन् । लाइट वेटमा सीजे वल्र्डले सुजलाई पाखा लगाउदै ५५ हजार नगद पुरस्कार हात पारे ।

नुवाकोटको गुर्जेस्थित कालिका माविको प्राङ्गणमा भएको प्रतियोगिताको ट्याग टिममा स्पाइडरम्यान र बाका जोडीले टुप्पी ग्याङलाई पन्छाए । विजेताले ८५ हजार नगद पुरस्कार जिते । ट्रिपल थ्रेट म्याचमा चट्टानले डेभिडको चुनौती समाप्त पारे । चट्टानले ७५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व मन्त्री हितमान तामाङ, नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका  थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey