मेनछेन एफसी च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-१५
  • |
  • 329 पटक हेरिएको

मेनछेन एफसीले सुनसङ एफसीलाई हराउँदै दाङजिन कप एकदिने फुटबल लिगको उपाधि जितेको छ ।

दशैंका अवसरमा दक्षिण कोरियाको दाङजिन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायद्वारा स्थापित रइला गाइजको आयोजना सम्पन्न प्रतियोगितामा मेनछेन एफसीले सुनसङलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

मेनछनका प्रनिल लामा र अमिर लिम्बुले गरेका थिए । सुनसङबाट भीष्म लावतीले गोल फर्काएका थिए ।

सर्वाधिक गोलकर्ताका मदन खड्का, उत्कृष्ट गोलकिपर हेमराज गुरुङ र उत्कृष्ट खेलाडी शिशिर लिम्बु चयन भएको प्रतियोगिता संयोजक राजराम थिङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १० लाख वन र उपविजेताले पाँच लाख वन नगद पुरस्कार प्राप्त गरे ।

दाङजिन नेपाली समाजका अध्यक्ष भीष्म लावतीले विजयी खेलाडी पुरस्कार वितरण गरे ।  

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal