विश्वकपमा अमेरिका लगातार चौथो पटक च्याम्पियन


-
एजेन्सी
- |
- २०७९-०६-१५
- |
- 556 पटक हेरिएको
अमेरिकाले लगातार चौथो पटक महिला बास्केटबलको विश्वकप जितेको छ ।
आज भएको फाइनलमा अमेरिकाले चीनलाई ८३–६१ को स्कोरमा पराजित गर्दै लगातार चौथो पटक बास्केटबलको विश्वकप जितेको हो ।
समग्रमा अमेरिकाले ११ पटक विश्वकप जितेको छ ।
अमेरिकाका लागि एजा विल्सनले १९ तथा केल्सी प्लमले १७ अंक बटुल्दै टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
खेलपछि विल्सनले मिसन पूरा भएको प्रतिक्रिया दिएकी छन् ।
यस्तै अष्ट्रेलिया तेस्रो भएको छ ।
अष्ट्रेलियाले क्यानडालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।