एन्फाको अनुशासनमा इंग्नाम तथा सदाचारमा न्यौपाने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-१२
  • |
  • 629 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाले अनुशासन समिति गठन गरेको छ । वरिष्ठ अधिवक्ता मोहनकुमार इंग्नाम संयोजक रहेको ५ सदस्यीय अनुशासन समिति गठन गरिएको हो । १० गते बसेको एन्फाको वैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको थियो ।

आज भएको एन्फाको विशेष साधारणसभाले इंग्नाम संयोजक रहेको अनुशासन समिति गठन गर्दै ५ जनाको कार्यसमिति पनि बनाएको छ । उपाध्यक्षमा बसन्त खान रहेका छन् । यसैगरी सदस्यहरुमा हेमकुमार राई, उमेशलाल प्रधान र रमेश नापित रहेका छन् । इंग्नाम डेमोक्र्याटिक लयर्स एशोसिसन (डीएलए)मा आवद्ध रहेका छन् । उनले हालै बरिष्ठ अधिवक्ताको उपाधि पाएका थिए ।

यसअघि उनी नेपाल बार एशोसिएशनको कोषाध्यक्ष पनि रहेका थिए ।  यस्तै एन्फाको सदाचार समिति पनि गठन गरेको छ । जसको संयोजकको रुपमा वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने रहेका छन् । न्यौपाने नेपाली खेलकुद क्षेत्रको कानुनी ज्ञाताको रुपमा पनि चिनिन्छन् । न्यायपरिषद् सदस्य समेत भइसकेका न्यौपाने खेलकुद विकास ऐन निर्माण पनि सक्रिय सहभागि रहेका थिए । यसैगरी सदाचार समितिको उपाध्यक्षमा अजयकुमार घिमिरे, सदस्यहरुमा माधवबहादुर खपाङ्गी, बाबुकृष्ण महर्जन र मनिषा आचार्य रहेका छन् ।

एन्फाको साधारण सभाले पुनरावेदन समिति पनि बनाएको छ । जसमा बरिष्ठ अधिवक्ता अशोककुमार पोखरेल संयोजक रहेका छन् भने गोवद्र्धनसिंह सम्झना उपाध्यक्ष, विश्वराज राई, उत्तम थापा र विनोद बस्नेत सदस्य रहेका छन् ।  एन्फाको साधारणसभाले आर्थिक प्रतिवेदन पारित गरेको छ । 

साधारणसभाबाट पास भएको बजेट अनुसार आर्थिक वर्ष २०७९/८० को लागि ९४ करोड ८८ लाख ८८ हजार ५ सय ८८ अनुमानित आम्दानी गर्ने लक्ष्य रहेको छ भने ९२ करोड ९१ लाख ८२ हजार ४ सय ७० अनुमानित खर्च हुने छ । एन्फाको साधारण सभाले सन् २०२७ सम्म महिला तथा पुरुष टोलीलाई साफ च्याम्पियन बनाउने तयारीमा लाग्ने निर्णय पनि गरेको छ । वर्तमान कार्यसमितिको ४ वर्षे कार्यकालमा १० देखि १२ स्थानमा टेक्निकल सेन्टर स्थापना गर्ने लक्ष्य लिएको छ ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey