साबा बास्केटबलमा नेपालकाे लगातार दोस्रो जित

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०६-१२
  • |
  • 332 पटक हेरिएको

माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

पहिलो खेलमा घरेलु टोली माल्दिभ्ससँग पराजित भएको नेपालले त्यसपछि  लगातार श्रीलंका र भुटानलाई पराजित गर्न सफल भयो ।

आज भएको खेलमा नेपालले भुटानमाथि सहज जित दर्ता गर्न सफल भयो ।

नेपाल ६५–२६ ले विजयी भयो । भुटान भने प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्न बाध्य बन्यो ।

पहिलो जित दर्ता गर्ने क्रममा नेपालले श्रीलंकाविरुद्ध ५५–४९ को प्रतिस्पर्धात्मक जित दर्ता गरेको थियो । 

चार टोलीले सहभागिता जनाएको साबा बास्केटबलको शीर्ष टोलीले उपाधि जित्ने छ ।

भर्खरै

Advertisement

Nepal Telecom Authority