फुटबल कार्यवहाक प्रशिक्षक हुमागाईंलाइ कारबाही गर्न पत्रकार मञ्चको माग

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-१२
  • |
  • 1227 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेलपश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईंले मञ्चलाई जोडेर दिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेलपछि आयोजित ‘पोस्ट म्याच कन्फ्रेन्स’ का क्रममा प्रशिक्षक हुमागाईंले पत्रकारमाथि आक्रोस पोखेपछि मञ्चलाई आर्थिक सहयोग गर्ने भन्दै गरेको गैरव्यावसायिक टिप्पणीप्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मञ्चले बुधबार विज्ञप्ति जारी गर्दै त्यस प्रकारको व्यक्तिगत सहयोग कहिल्यै स्वीकार नगरेको र भविष्यमा पनि नगर्ने भन्दै प्र्रशिक्षक हुमागाईंको व्यवहारप्रति भत्र्सनासमेत गरेको छ । 

उनको त्यो अभिव्यक्ति अत्यन्तै गैरव्यावसायिक, गैरजिम्मेवार, निम्न सोचबाट आएको र पदीय मर्यादाविपरीत रहेको मञ्चले जनाएको छ । खेलबारे विश्लेषण र पत्रकारको प्रश्नका जबाफ दिनुको साटो प्रशिक्षक हुमागाईंले उल्टै नेपालका खेल पत्रकारमाथि निराधार आरोप लगाउँदै उनीहरूमाथि गलत धारणा पनि प्रस्तुत गरेको मञ्चले निष्कर्ष निकालेको छ ।

उनको व्यवहार खेल भावनाविपरीत रहेको र उनमा पत्रकार सम्मेलनका क्रममा कसरी प्रस्तुत हुनुपर्छ भन्ने सामान्य ज्ञानको पनि अभाव देखिएको मञ्चले जनाएको छ ।

No description available.

साथै मञ्चले प्रशिक्षक हुमागाईंको निन्दनीय प्रस्तुतिबारे अखिल नेपाल फुटबल संघ(एन्फा) को ध्यानाकर्षण गराएको र उनलाई आवश्यक कारवाही गर्न पनि माग गरेको छ । प्रशिक्षक हुमागाईंको यस प्रकारको व्यवहारका कारण एन्फासँग रह“दै आएको सम्बन्ध पनि प्रभावित हुने मन्चले चेतावनी दिएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey