नेपाल एपीएम टेबलटेनिसलाई सियोम नेपालको प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-१२
  • |
  • 561 पटक हेरिएको

नेपाल एपीएम क्लबले आयोजना गर्ने ‘नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस च्याम्पियनसिप’लाई सियोम नेपालले मुख्य प्रायोजन गर्ने भएको छ । 

बुधबार सम्पन्न प्रायोजन सम्झौता कार्यक्रममा नेपाल एपीएम क्लबका निर्देशक दानबहादुर महता र सियोम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार कुल लागतको ४० प्रतिशत रकम सियोम नेपालले एपीएम क्लबलाई उपलब्ध गराउनेछ । अनुमानित रकम १२ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताको दोस्रो संस्करण मंसिर १ देखि ३ गतेसम्म हुने एपीएम प्रालिले जनाएको छ । प्रतियोगितालाई अखिल नेपाल टेबलटेनिस संघले प्राविधिक सहयोग गर्नेछ । प्रतियोगितामा २०० भन्दा बढी खेलाडीको सहभागिता रहने क्लबका निर्देशक महताले बताए । 

ओलम्पिकमा स्वर्ण पदक जित्न सफल दक्षिण कोरियाकी याङ योङ झा प्रतियोगितामा प्रमुख अतिथि हुने आयोजकले जनाएको छ । योङ झाले कोरियाको सियोलमै सम्पन्न १९८८ को ओलम्पिकमा युगलतर्फ स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै, उनले नयाँ दिल्लीमा सम्पन्न १९८७ को विश्व च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् । 
 
भैसेपाटीस्थित नेपाल एपीएम क्लबकै हलमा हुने प्रतियोगितामा पुरुष एकल (४० वर्षमाथि), पुरुष एकल (५० वर्षमाथि), पुरुष एकल (६० वर्षमाथि) महिला एकल (४० वर्षमाथि), पुरुष टिम इभेन्ट गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दक्षिण कोरिया, अमेरिका, बंगलादेश, भारत र बंगलादेशलगायतका देशबाट खेलाडी आउने क्लबका निर्देशक महताले बताए । 

पाँचौँ स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal