व्यास कपको उपाधि न्यु स्टार युनाइटेडले जित्यो

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०६-१०
  • |
  • 531 पटक हेरिएको

तनहुँको व्यास युवा क्लबको आयोजनामा भएको ‘तेस्रो संस्करणको व्यास युवा कप २०७९’ फुटबल प्रतियोगिताको उपाधि न्यूस्टार युनाइटेड क्लबले जितेको छ ।

आज भएको फाइनलमा युथ क्लब भिमादलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

विजेता न्यू स्टारले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्दा दोस्रो भएको भिमादले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिता अन्तर्गत आजै सेमिफाइनलका खेल पनि भएका थिए ।

पहिलो सेमिफाइन्लमा न्यू स्टार युनाइटेडले भ्याली युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै दोस्रो सेमिफाइनलमा युथ क्लब भिमादले भुयँगालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

 

भर्खरै

Advertisement

Nepal Telecom Authority