व्यास युवा कपको सेमिफाइनल समिकरण पूरा 

सेमिफाइनल र फाइनल खेल साेमबार

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-०९
  • |
  • 1099 पटक हेरिएको

तनहुँको व्यास युवा क्लबको आयोजनामा जारी ‘तेस्रो संस्करणको व्यास युवा कप २०७९’ फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

आज भएका क्वाटरफाइनल खेलमा विजयी हुने टिमले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । सेमिफाइनल र फाइनल खेल भने सोमबार हुने छ ।

विहान सेमिफाइनल र दिउँसो फाइनल खेल हुने छ । दमौलीको बीपी वन बाटिकाको मैदानमा आज भएको पहिलो क्वाटरफाइनलमा रामथुम्की र भुयँगा भिडेका थिए । जसमा भुयँगाले रामथुम्कीमाथि १–० गोल अन्तरलको जीत दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । भुयँगाका लागि नवौं मिनेटमा योगेश गुरुङले गरेको १ मात्र गोल नै निर्णायक बन्न पुग्यो ।  

यस्तै अर्को खेलमा न्यू स्टार क्लब सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । न्यू स्टारले टिम गणेशमाथि १–० गोल अन्तरको जीत दर्ता गरेको थियो । न्यू स्टारका लागि आठौं मिनेटमा विनोद आलेले गरेको गोल निर्णायक बन्यो ।

यस्तै तेस्रो क्वाटरफाइनलको खेलमा भ्याली युथ क्लब विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । भ्याली युथले टाईगर ल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भ्याली युथका लागि संगम ठकुरीले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्न पुग्यो । यस्तै व्यास युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै भिमाद् युथ क्लब सेमिफाइनलमा पुगेको छ । भिमादको जीतमा विनोद घिमिरेले दुवै गोल गरेका थिए । विनोदले १३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए ।  

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउने छ । प्रतियोगिताका विजेतालाई नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष मिनबहादुर गुरुङ चरिबाबाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोल कर्ता घोषित गरी जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । युवाहरुलाई फुटबल खेलतर्फ आकर्षण गर्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताए । 
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र रक्षकलाई पाँच हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने छ । 

कूल १३ लाख रुपियाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई व्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेका छन् । नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey