Nepali Patrao

युइएफए नेसन्स लिग : क्रोएशिया शीर्ष स्थानमा, फ्रान्सको पहिलो जीत

Kelmi

whoopyland
  • नेप्लेज
  • |
  • २०७९-०६-०७
  • |
  • 364 पटक हेरिएको

युइएफए नेसन्स लिग फुटबलको समूह ए मा क्रोएशिया शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा डेनमार्कविरुद्ध २–१ गोल अन्तरको जीत दर्ता गरेको क्रोएशियाले ५ खेलमा १० अंक बनाएको छ । पराजित भएको डेनमार्क ९ अंकसहित दोस्रो स्थानमा छ ।

घरेलु मैदानम क्रोएशियाले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।

४९ औं मिनेटमा बोर्ना सोसाले गोल गर्दै क्रोएशियालाई अग्रता दिलाएका थिए ।

७७ औं मिनेटमा क्रिष्टियन इरिक्सनले गोल गरेपछि डेनमार्कले खेल बरबारी गरेको थियो ।

बराबरी भएको २ मिनेट भित्रै लोभार माजेरले गोल गर्दै क्रोएशियालाई २–१ को जीत पक्का गरेका थिए ।

समूह ए मै रहेको फ्रान्सले अष्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

फ्रान्सको यो पहिलो जीत पनि हो ।

तालिकको तेस्रो अंकमा रहँदा ५ खेलबाट ५ अंकमात्रै जोडेको छ ।

फ्रान्सको जीतमा केलियन एम्बाप्पे र ओलिभर जिरुडले एक एक गोल गरे ।

Image

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५६ औं मिनेटमा एम्बाप्पेले गोल गरेका थिए भने ६५ औं मिनेटमा जीरुडले टिमका लागि दोस्रो गोल गर्दै फ्रान्सलाई सहज जीत दिलाए । 

भर्खरै

Advertisement

NTA

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal