बीपी बन बाटिका मैदानमा तेस्रो संस्करणको व्यास युवा कप फुटबल जारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-०६
  • |
  • 584 पटक हेरिएको

तनहुँको व्यास युवा क्लबको आयोजनामा जारी ‘तेस्रो व्यास युवा कप २०७९’ फुटबल प्रतियोगिताको चौथो दिन ५ खेल सम्पन्न भएका छन् । 

दमौलीको बीपी वन बाटिकाको मैदानमा आज भएको पहिलो खेलमा   नव युवा क्लब विजयी भएको छ । नब युवा र दोभान युवा क्लबबीचको निर्धारित समय २–२ गोलको बराबरीमा सकिए पछि खेलको नतिजा टाइब्रेकरमा निकाल्दा नव युवा क्लब ५–३ गोल अन्तरले विजयी भएको हो ।  

दोस्रो खेलमा शीतलचोकले रामज्योती बोर्डिङ स्कुलमाथि १–० गोल अन्तरको जीत दर्ता गर्दा तेस्रो खेलमा भ्याली युथ क्लबले नव मित्र युवा क्लबमाथि ४–० को एकतर्फी जीत हात पारेको थियो । यस्तै चौथो खेलमा रामथुम्की युथ क्लबले बागबजार युथ क्लबलाई ३–० ले पराजित गर्दा दिनको अन्तिम खेलमा ब्यास युथ क्लब ‘बी’ टाइगर ल्याण्ड युथ क्लबसँग १–२ गोल अन्तरले पराजित बन्यो ।  

 अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउने छ । प्रतियोगिताका विजेतालाई नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष मिनबहादुर गुरुङ चरिबाबाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोल कर्ता घोषित गरी जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । युवाहरुलाई फुटबल खेलतर्फ आकर्षण गर्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताए । 
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र रक्षकलाई पाँच हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने छ । 

कूल १३ लाख रुपियाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई व्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेका छन् । नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको समापन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने छन् ।  

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey