सातदोबाटोमा आजदेखि सी डिभिजन लिग छनौट हुने


-
नेप्लेज
- |
- २०७९-०६-०६
- |
- 526 पटक हेरिएको
सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुँदैछ ।
उद्घाटन खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
पहिलो दिन आज दुई खेलहरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
उद्घाटनमा प्रगति युथ क्लब र मुसुरिया फुटबल एकेडेमी प्रतिस्प्रर्धा गर्नेछन् ।
आजै हुने अर्को खेलमा दिउँसो साढे ३ बजे फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लब भिड्नेछन् ।
आगामी मंसिर १ गतेसम्म सञ्चालन हुने छनौट प्रतियोगितामा ६२ क्लबको सहभागिता रहनेछ ।
#फुटबल