बरुण इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने


-
नेप्लेज
- |
- २०७९-०६-०५
- |
- 398 पटक हेरिएको
बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारणलाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको निष्कासन गर्ने भएको छ । शेयर सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कम्पनी र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्री सम्बन्धी सहमति सम्पन्न भएको हो । सहमति पत्रमा बरुण इन्भेष्टमेन्ट लि.को तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् ।
२०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ ।
संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको यस कम्पनी विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ ।
यो कम्पनीमा एस.जि. गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्टले बझाङ्ग स्थित कलंगा हाईड्रो लि. (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लिमिटेड (३८.४७ मेगावाट) र बुङगल हाईड्रो लिमिटेड (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रुपमा रहेको छ । हालै बरुण इन्भेष्टमेन्ट लिमिटेडले संखुवा खोलामा हाईड्रो प्रवद्र्धन र गुराँस हाईड्रो प्रा.लि. (४१.०६ मेगावाट) मा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटलले निकट भविष्यमा क्ष्एइ ल्याउने हिसाबले तयारी अगाडि बढाएका छन् । बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको एस.जि.गु्रपका अध्यक्ष तथा कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरे बताउँछन् ।
बरुण इन्भेष्टमेन्टमा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि गु्रपको एल.पि.जि. ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबाईल, चिया प्रशोधन, निर्माण व्यवसाय, बैकिङ्ग लगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ ।