चन्द्रागिरी ब्याडमिन्टनको उपाधि रशिला र नविनले जिते

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-०३
  • |
  • 501 पटक हेरिएको

उदियमान राष्ट्रिय नं. १ खेलाडी रशिला महर्जन र नविन श्रेष्ठले प्रथम चन्द्रागिरी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि चुमेका छन् । सेनाकी खेलाडी महर्जनले महिला एकल तर्फ पूर्व नं. १ खेलाडी भोजपुरकी नङ्गशल देवी तामाङ्गलाई २१–१४, २१–१३ को सोझो सेटमा पराजित गरेकी हुन् ।

यस्तै सेनाकै नविनले नेपाल पुलिस क्लबका बिष्णु कटुवाललाई २१–९, २१–१६ ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् । बिजेताले नगद ४० हजार र उपबिजेताले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । महिला तर्फ एपिएफकी शोभा गौचन र सेनाकी प्राथना देउवा संयुक्त तेश्रो भए । पुरुष तर्फ पुलिसका सुनिल जोशी र कालिकाका सुदीप सेढाईले तेश्रो स्थानमा चित्त बुझाए । तेश्रो हुनेले नगद १० ÷१० हजार प्राप्त गरे ।

महाङ्काल ब्याडमिन्टन कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको शिर्ष २० बाहेकका पुरुष एकल तर्फका खेलमा महांकालका सुजन थापाले सेनाका हिमाल चन्दलाई २१–१७, ११–२१, २१–१८ ले पराजित गर्दै स्वर्ण जिते । उनले ट्रफी प्रमाण पत्र र नगद ३० हजार  प्राप्त गरे । यस्तै उपविजेता चन्दले नगद १५ हजार प्राप्त गरे । तेश्रो स्थानमा सेनका कविर के.सी. र पुलिसका हिरा राई रहे । उनीहरुले नगद १०-१० हजार प्राप्त गरे ।

सोही विधाको महिला एकल तर्फ सुर्खेतकी शिष्ना श्रीपालीले सुर्खेतकै अग्रीमा भण्डारीलाई १३–२१, २१–१६, २१–११ ले पराजित गर्दै उपाधि कब्जा गरिन् । श्रीपालीले ३० हजार र भण्डारीले नगद १५ हजार प्राप्त गरिन् । तेश्रो स्थानमा नेपाल पुलिसका निकिता लामा र रिना तामाङल रहे ।

उनीहरुले नगद १० -१० हजार प्राप्त गरे ।  शिर्ष २० बाहेकको पुरुष युगल तर्फ एपिएफका प्रनिश सिंह ठकुरी र महांकालका सुजन थापाको जोडीले विजय प्राप्त गर्‍यो । उक्त जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१८, २६–२४ को कठिन जित निकाल्यो । बिजयी जोडीले नगद ३० हजार र उपबिजयीले नगद १५ हजार प्राप्त गरे ।

युनिटि ब्याडमिन्टन एकेडेमीका निश्चल खत्री र श्रीजल पोखरेल तथा सेनाका हिमाल चन्द र सन्तोष पनेरुले तेश्रो हुँदै नगद १० ÷१० हजार प्राप्त गरे ।
लोकल पुरुष युगल तर्फ महांकालका आकाश जोशी र याविक श्रेष्ठको जोडी प्रमोद महर्जन र सुमन महर्जनको जोडी माथि हावी भयो । जोशी र श्रेष्ठको जोडीले महर्जन जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

महर्जन जोडीले नगद १० हजार प्राप्त गरे । तेश्रो स्थान प्राप्त गरेका बिपिन शाह र अमृत थापा तथा रामशरण के.सी. र दिवाकर पाण्डेको जोडीले नगद १० -१० हजार प्राप्त गरे ।
४५ बर्ष माथिको युगल जोडीमा कालिकाका रामशरण के.सी. र हरि कार्कीको जोडीले पिएफसीका संजय कपाली र लाक्पा शेर्पाको जोडीलाई २१–१७, २४–२२ ले पराजित गर्दै उपाधि उचाले । बिजयी खेलाडीले नगद ३० हजार र उपबिजयीले नगद १५ हजार प्राप्त गरे । किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी तथा हिरा रोक्का र टिका थापाको जोडी संयुक्त तेश्रो स्थान प्राप्त गर्दै नगद १०-१० हजार प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी बागमती प्रदेश साँसद रमा आले मगरले पुरस्कार वितरण गरेकी थिईन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey