साफ महिला फुटबलमा इतिहास बनाउन नेपाल असफल, बंगलादेश नयाँ च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-०३
  • |
  • 479 पटक हेरिएको

नेपाली राष्ट्रिय महिला फुटबल टिम फेरि एक पटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ ।

यसअघि ५ मध्य ४ पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो ।

सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल अन्ततः बंगलादेशसँग ३–१ गोल अन्तरले स्तव्ध हुँदा फेरि पनि उपाधि विहीन बन्न पुग्यो ।

नेपाललाई पराजित गरेको बंगलादेश पहिलो पटक च्याम्पियन बन्न पुग्यो ।

इतिहासमा दोस्रो पटक फाइनल खेलेको हो ।

यसअघि २०१६ को फाइनलमा बंगलादेश भारतसँग फाइनलमा स्तब्ध बनेको थियो ।

खेलको १४औं मिनेटमा साम सुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । 

उनी १०औं मिनेटमा जहान सोप्ताको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

मैदान प्रवेश गरे लगत्तै गोल गरेपछि बंगलादेशको टिमको आत्मविश्वास बढेको थियो ।

४२औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गर्दै बंगलादेशको अग्रतालाई दोब्बर पारेकी थिइन् ।

पहिलो हाफमा २ गोलले पछि परेको नेपालले दोस्रो हाफमा १ गोल फर्काउँदा उल्टै १ गोल व्यहोरेको थियो । 

७०औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याएकी थिइन् । 

तर, ७७औं मिनेटमा कृष्णारानीले गोल गरेपछि बंगलादेश ३–१ को आरामदायी अवस्थामा पुगेको थियो ।
   

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey