अजित र राजपुरालाई रोड रेस उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-०३
  • |
  • 408 पटक हेरिएको

पिनाकल कलेजक अजित कुमार यादव पुरुष तर्फ र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाण्डौ रोड रेस २०७९ मा उपाधि जित्न सफल भएका छन् ।

५ किलोमिटको दौड अजितले १७ मिनट ४५.३ सेकेन्डका साथ र राजपुराले २० मिनट ३५.७५ सेकेन्डका साथ पुरा गरेका थिए ।

बिजयी खेलाडीहरुले नगद २५ हजार, सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

८ औं संविधान दिवसको अवसरमा संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन ! शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनि म्याराथन भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी पवन कार्की समूहको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबका सन्तोष विक्रम बिष्टले निर्धारित दुरी २० मिनट ३५.७५ सेकेन्डका साथ पुरा गर्दै दोश्रो भए । यस्तै १८ मिनट ६.१ सेकेन्डका साथ त्रिभुवन आर्मी क्लबका मोहन देव जोशी तेश्रो भए ।

महिला तर्फ २० मिनट ५०.१५ सेकेन्डका साथ पुलिस क्लबकी राममाया बुढा दोश्रो र रेखा बिष्ट २१ मिनट ३.३५ सेकेन्डका साथ तेश्रो भए ।

दोश्रो र तेश्रो हुने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ क्रमशः नगद २० हजार र १५ हजार प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी पार्टिका नेता एर्व क्रान्तिकारी प्रगतीशील कानुन ब्यवसायी संघका संयोजक, पूर्व महान्याधिवक्ता एवै पूर्व अखिल क्रान्तिकारीका अध्यक्ष रमन कुमार श्रेष्ठ, बिशिष्ट अतिथी नेपाल ओलम्पिक कमिटिका सचिव, अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, एथलेटिक्स संघका सचिव आर.के. बिष्ट र मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोतिमा ३६५ पुरुष र ११२ जना महिला गरि कुल ४७७ जनाको सहभागिता रहेको थियो । रेस रङ्गशालाबाट सुरु गरि थापाथली, माईतीघर, बवरमहल, बिजुलीबजार पुल हुँदै एभरेष्ट होटलको अगाडीको डिभाईडर हुँदै पुन त्रिपुरेश्वर रङ्गशालामा आएर समापन भएको थियो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey