नेपाल टी २० लिग सरेपछि कार्तिकमा प्रधानमन्त्री कप गर्दै क्यान

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-०३
  • |
  • 1873 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्ने भनिएको फ्रेन्चाइज नेपाल टी २० लिग क्रिकेट डिसेम्बरसम्मलाई सरेपछि नयाँ विकल्पको रुपमा प्रतियोगिता अघि ल्याएको छ ।

विगतमा  पुस/माघमा राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना हुने प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कार्तिकमै आयोजना गर्न लागिएको हो । बजेटको तेस्रो तथा चौथो चौमासिकमा खर्च गर्ने गरि व्यवस्था गरिएको प्रतियोगिता यो पटक भने दोस्रो चौमासिकमा सारिएको हो ।

असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ । यो प्रतियोगिता र विगतमा गर्ने भनिएको नेपाल टी २० लिगको समय जुधेकाले भदौ २३ गतेदेखि नै नवौं अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भइसकेको छ ।

लगातारको वर्षाले प्रभावित भएको खेलमा बल्ल तल्ल स्वर्ण पदकको छिनोफानो भएको हो । जसमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको हो । चुनावको कारण देखाउँदै गृहमन्त्रालयले क्यानलाई पत्र लेखि प्रतियोगिता डिसेम्बरसम्म सार्न अनुुरोध गरेको थियो । फलस्वरुप क्यानले डिसेम्बर ११ देखि नेपाल टी २० लिग आयोजना गर्ने गरि मिति पर सारिसकेकाले खेलाडीलाई व्यस्त राख्न पनि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता कार्तिकमा गर्न लागिएको हो ।

क्यानले कार्तिक १२ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्ने गरि जिल्ला र प्रदेशलाई पत्राचार गरेको छ । जस अनुसार जिल्लाको टिम छनोट असोज २० गतेसम्म गरिसक्न अनुरोध गरिएको छ भने प्रादेशिक छनोट कार्तिक ६ गतेसम्म पूरा गर्नुपर्ने मिति दिइएको छ । राष्ट्रिय प्रतियोगिता भने कार्तिक १२ गतेदेखि २६ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरेको छ । 
क्यानले जिल्ला र प्रदेश छनोटकालागि बजेट पनि व्यवस्था गरेको छ ।

जिल्ला छनोटका लागि २० हजार र बलको लागि भन्दै थप ८ हजार ४ सय गरि २८ हजार २४ रुपैयाँ प्रदान गरेको छ । प्रादेशिक छनोटका लागि ६० हजार र प्रतिवल ७०० का दरले लाग्ने खर्च उपलव्ध गराउने छ ।

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेशका ७ टिम र ३ वटा विभागीय नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ गरि १० टिमले सहभागिता जनाउने छन् । 
अघिल्लो संस्करण भने टी २० फरम्याटमा खेलाइएको थियो । त्यतिबेला ओमानमा भएको विश्व टी २० लिग छनोटका लागि अभ्यास पनि हुने भएकाले टी २० फरम्याटमा खेलाइएको थियो । तर यस पटक भने एक दिवसीय नै गर्ने गरि तयारी अघि बढाइएको छ ।  

पछिल्लो संस्करणमा विभागीय क्लब एपीएफ च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधि जितेको थियो । 
एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सकेको थियो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले ६५ रन बनाएका थिए ।

एपीएफका किशोर महतोले ३ तथा अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले  समान १–१ विकेट लिएका थिए । एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । एपीएफका अमर रौटेलाले २९, लोकेश बमले २७, सन्दीप जोराले २४  र कप्तान शरद भेषवाकरले १९ रन बनाएका थिए । पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान समान ३–३ तथा गुलशन झाले २, आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान १–१ विकेट लिएका थिए ।  उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको थियो भने उपविजेता पुलिसले तीन लाख रुपैयाँमा चित्त बुझाएको थियो ।

No description available.

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal