कतार विश्वकप नेपालमा देखाउन अधिकार मिडिया हबलाई


-
नेप्लेज
- |
- २०७९-०५-३१
- |
- 1773 पटक हेरिएको
कतारमा आयाेजना हुन लागेकाे फिफा विश्वकप फुटबलकाे नेपालमा प्रत्यक्ष प्रशारण गर्ने अधिकार मिडियाहव प्रालिले लिएकाे छ । काठमाडाैंमा शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा मिडिया हबका अध्यक्ष साेमप्रसाद धितालले नेपालका विभिन्न टेलिभिजनहरुबाट फुटबल लाइभ हुने बताए ।
धितालका अनुसार विश्वको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता विश्वकप फुटबल कतार २०२२ को नेपालको भू–सतही, स्याटलाइट, डि.टि.एच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतिय प्रसारणको एकाधिकार बाट प्राप्त गरी सकेको छ ।
तसर्थ नेपालमा विश्वकप फुटबल कतार २०२२को, लोगो र मस्कट प्रयोग, प्रशारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रा. लि.मा मात्रै सिमित रहेको पनि जानकारी दिए ।
समारोहमा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज र भायानेट कम्युनिकेशन्स प्रा.लि.संग पनि सहकार्यको लागि छुट्टा–छुट्टै सम्झौतामा हस्ताक्षर पनि गरिएकाे छ ।
विश्वकप फुटबलको प्रशारण अधिकारका विषयमा टेलिकमका कर्मचारी असन्तुष्ट
दुबै संस्थाहरुसंग गरिएको सम्झौतामा मिडिया हबका तर्फबाट कम्पनिका अध्यक्ष सोम प्रसाद धितालले हस्ताक्षर गरेका थिए भने भायाेनेट कम्युनिकेशन्स प्रा.लि.का तर्फबाट कम्पनिका निर्देशक बिनय बोहरा तथा एनआईटिभी स्ट्रीम्ज् तर्फबाट कम्पनिका अध्यक्ष मनोज कुमार अग्रवालले गरेका थिए ।
सम्झौता अनुसार दुई कम्पनि मार्फत टेलिभिजन लाईन लिएका नेपाली दर्शकहरुले अब बिश्वकप फुटबल २०२२को प्रत्यक्ष प्रशारण हेर्न सक्ने पक्का पक्की भएको छ । त्यसै गरि बिज्ञापन बिक्रि प्रबन्धको लागि एडप्याड एक्युजिशन प्रा.लि. मार्केटिंग पार्टनर रहने गरी अर्को छुट्टै सम्झौतामा दुबै कम्पनीका तर्फबाट हस्ताक्षर पनि भएकाे छ ।
एडप्याड एक्युजियशन प्रा.लि. का तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुरज गिरीले हस्ताक्षर गरेका छन् ।