केन्याविरुद्ध पहिला ब्याटिङमा नेपाल [लाइभ]

-
नेप्लेज
- |
- २०७९-०५-१८
- |
- 690 पटक हेरिएको
केन्याविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
नेपाली टिमका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।
आजको खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ ।
पहिलो खेलमा शतक बनाएका आशिफ शेखलाई रेस्ट दिइएको छ भने उनको ठाउँमा देव खनालले मौका पाएका छन् ।
पहिलो एक दिवसीय क्रिकेटमा ७ विकेटको जीत दर्ता गरेको नेपाल आज पनि जीत निकाल्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने प्रयासमा रहेको छ ।
उता घरेलु टोली केन्या पनि जीत निकाल्दै सिरिज १–१ को बराबरीमा ल्याउने प्रयासमा हुने छ ।