सुटिङमा फुलमायालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-०५
  • |
  • 258 पटक हेरिएको
काठमाडौं, ५ असार  । ओलम्पियन नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले ओलम्पिक डेका अवसरमा आयोजित सुटिङ प्रतियोगिताको महिला व्यक्तिगत एयर राइफलमा मंगलबार स्वर्ण जितेकी छन् । नेपाली सेनाकी कल्पना परियार दोश्रो तथा ललितपुरकी सुस्मिता नेपाल तेश्रो भए ।
 
नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसनको तत्वावधानमा नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष व्यक्तिगत एयर राइफलमा सेनाका सुशे चौधरी पहिलो, सेनाकै कुमार कार्की दोश्रो र प्रहरीका हरिबहादुर थापा तेश्रो बने ।
 
महाराजगन्जस्थित नेपाल प्रहरी तालिम प्रतिष्ठानमा भएको प्रतियोगिताको पुरुष एयर पेस्तोलमा काठमाडौंका सुमन तुलाधरले स्वर्ण, काठमाडौंकै विपेश खड्काले रजत र सेनाका पूर्णकुमार श्रेष्ठले कांस्य जिते । सोही स्पर्धाको महिलामा प्रहरीकी सविता बस्नेत र सीमा तुलाधर तथा सेनकी हेमा चौधरीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।
 
विजेतालाई नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, आयोजक सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, महासचिव राजेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा समावेश व्यक्तिगत ४ स्पर्धामा ८ का दरले ३२ खेलाडी सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey