जीम्मेवारीलाई अवसरमा बदल्न आएको हुँ : कार्यबहाक प्रशिक्षक हुमागाईं

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०५-०२
  • |
  • 689 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका कार्यबहाक प्रशिक्षक प्रदीप हुमागाईंले आफूले प्राप्त गरेको जीम्मेवारीलाई अवसरलाई बदल्ने प्रष्ट पारेका छन् ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विरामी भएपछि विदामा बस्दा उनको स्थानमा प्रदीपलाई कार्यबहाक प्रशिक्षक नियुक्त गरिएको हो ।

असोज ११ गते दशरथ रंगशालामा आयोजना हुने बंगलादेशविरुद्धको मैत्री प्रतियोगिताका लागि हुमागाईंलाई एन्फाले टिम हेर्ने जिम्मेवारी दिएको हो । कार्यबहाक प्रशिक्षककले विगतमा अब्दुल्लाहसँग असन्तुष्ट रहेर क्याम्प छाडेका सहित ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा आज भएको पत्रकार सम्मेलनमा नवनियुक्त एन्फा प्रवक्ता सुरेश शाहसहित उपस्थित भएका हुमागाईंले अब्दुल्लाहको विषयमा टिप्पणी गर्न चाहेनन् । उनले आफू बंगलादेशविरुद्धको मैत्रीपूर्ण प्रतियोगितामा नेपाली टिमलाई जिताउने  रणनीतिका साथ आएको जवाफ दिए ।    

 उनले भने ‘मेरो ध्यान राष्ट्रिय टिमलाई बलियो बनाउन केन्द्रीय हुने र आफू त्यसका लागि नियुक्त भएको हुँ ।’

अमेरिकामा बस्दै आएका हुमागाईं एक दशकअघि थ्रीस्टार क्लबको प्रशिक्षक रहेका बेला थ्रीस्टारलाई लिग च्याम्पियन बनाएका थिए भने पछिल्लो समय  उनी नेपाल सुपर लिग एनएसएलको टिम ललितपुरमा आवद्ध रहेका थिए । तर त्यतिबेला उनलाई क्लबले बीचमै हटाएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal