बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२९
  • |
  • 701 पटक हेरिएको

बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको छ ।

खेलकुदका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी थालिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।  

ट्रष्टले यसअघि प्रत्येक वर्ष दशरथचन्द नगरपालिकामा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यो वर्षदेखि अन्तरपालिका प्रतियोगिताको तयारी गरेको हो ।

तिहारपछि भलिबल प्रतियोगिताको आयोजना गरिने र त्यसमा १० वटै पालिकाका टिमको सहभागिता रहने ट्रष्टका अध्यक्ष ग्रिस चन्दले बताउनुभयो । प्रतियोगितामा पहिलो हुने टीमलाई एक लाख २५ हजार पुरस्कार दिइने छ । दोस्रोलाई ७५ हजार र तेस्रोलाई ३५ हजार पुरुस्कार दिइनेछ । यसका साथै प्रतियोगितामा तीन विधामा उत्कृष्ट खेलाडीले पाँच हजारका दरले पुरस्कार पाउनेछन् । 

सुन्दरखाली खेलमैदानमा हुने प्रतियोगिताको मिति केही दिनमै तोकिने जनाइएको छ । बैतडीमा भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको ट्रष्टले यो वर्ष १९ वर्षमुनिको क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey